शैक्षिक भ्रमणमा गएको बस दुर्घटना: मृत्यु हुनेको संख्या २२ पुग्यो

दाङ — राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर उपमहानगरपालिका ३ राम्रीमा शुक्रबार बेलुका शैक्षिक भ्रमणमा गएको बस दुर्घटनामा मृत्यु हुनेको स‌ंख्या २२ पुगेकाे छ ।

मृत्यु हुनेमा १८ पुरुष र ४छन्। दुर्घटनामा १० पुरुष र ५ महिला गरी १५ जना घाइते छन्। घाइतेहरु सबैलाई राप्ती अञ्चल अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज बाँके रिफर गरिएको खबर कान्तिपुर दैनिकमा छ।

मृतकमध्ये गाडी चालक घोराही उपमहानगरपालिका ३ का ३२ वर्षीय मदन केसी, कृष्णसेन ‘इच्छुक’ बहुप्राबिधिक शिक्षालयका शिक्षकहरु घोराही १७ का २८ वर्षीय प्रदिप घिमिरे र भूमे गाउँपालिका ६ रुकुमपूर्वका २८ वर्षीय नरेश ओली तथा दंशिशरण गाउँपालिका १ दाङका ३० वर्षीय सञ्जिव रत्गैया र घोराही १४ का १७ वर्षीय बिजय जिएमको सनाखत भएको छ।

गाडीमा ३४ बिद्यार्थी, दुई शिक्षक र एक चालक गरी ३७ जना सवार रहेको जिल्ला प्रहरीले जानकारी दिएको छ। सल्यानबाट दाङतर्फ आउँदै गरेको बा ४ ख ९७६६ नम्बरको बस तुलसीपुर–सल्यान सडक खण्डअन्तर्गत राम्रीमा सडकबाट ७ सय मिटर तल खसेको थियो।

ईलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख डिएसपी प्रेमबहादु शाहीका अनुसार सनाखत भएका मृतकहरु यस प्रकार रहेका छन ।

१. मदन केसी बर्ष ३२ , दाङ्ग घोराही उपमहानगर पालिका–३ (चालक)

२. प्रदिप घिमिरे बर्ष २८ , ऐ वडा नम्वर १७ (शिक्षक )

३.नरेश ओली बर्ष २८, भुमे गाउँपालिका पुर्वी रुकुम

४. संजिव खगैया बर्ष ३० , दंगीशरण–१ , दाङ्ग

५. विजय जिएम बर्ष १७, घोराही–१४

गम्भीर घाईतेहरु

१. हिमाली हमाल , बर्ष १८ , जुम्ला तातोपानी गा.पा.–३ राप्ती अञ्चल अस्पतालमा उपचार हुँदै

कोहलपुर रिफर भएकाहरु

२.समिक्षा रोकाया बर्ष १७ सोही जिल्ला चन्दनाथ गा.पा.–३

३.समिक्षा रोकाया बर्ष १७ घोराई–१५ दाङ्ग

४.बिक्रम भण्डारी बर्ष १८ अछाम मंगलसेन

५.प्रेमबहादुर खड्का बर्ष १६ रुकुम म त्रिवेणी गा.पा. ३

६ .मेनुका रिजाल बर्ष १७ घोराही १८ स्युजा दाङ्ग

७. जिवन भण्डारी बर्ष १७ जुम्ला चन्दनाथ गा.पा.२

८.बर्षा रोकाया बर्ष १६ जुम्लदा चन्दनाथ गा.पा.४

९.युवराज ढुङ्गना बर्ष बर्ष १९ , मंगलसेन जुम्ला

१० –जोजिना पुन बर्ष १६ रुकुम सानोभेरी

११ .संजय खनाल बर्ष बर्ष १८ घोराही १४ दाङ्ग

१२.प्रकाश ओली बर्ष बर्ष १७ रोल्पा , गाउँ नखुलेको

१३.भद्र बिष्ट बर्ष १६ मंगलसेन ५

१४.संजय खनाल बर्ष १८ घोराही १४ दाङ्ग

१५.नाम थर नखुलेका अन्दाजी बर्ष १६/१७ का युवा

.२१ जनाको घटना स्थल मै मृत्यु , १ जनाको उपचारको क्रममा मृत्यु

– दुर्घटना स्थल तुल्सीपुर उपमहानगरपालिका ३ राम्री हर्नेटीको खोल्सा

– सवारी साधनः बा ४ ख ९७६६ को बस

– घटनामा पर्नेहरुः शहित कृष्ण सेन ईच्छुक बहुप्राविधिक विद्यालयका शिक्षक विद्यार्थी र चालक

– दुखत घटना : सल्यानबाट शैक्षिक भ्रमण गरी गाउँदै नाँच्दै गर्दै गर्दा ।

– प्रत्यक्षदर्शीः घाईते मध्येकी हिमाली हमाल भन्छिन खसेको देखे की हुँद मेरो होस गुमे पछि अरु अत्तोपत्तो केहि पाईन ।

– सिडियो , एसपी , डिएसपी र तीन सुरक्षा निकाय राती साढे १२ बजे सम्म घटना स्थलमा





Comments

comments

Leave a Reply

26132