चीनले ७६ अर्ब दिने

छिमेकी चीनले नेपालको पुर्नस्थापना तथा पुनर्निर्माणका लागि आगामी दुई वर्षभित्र ७६ अर्ब ३६ करोड २० लाख रुपैयाँ (सात सय ५० मिलियन अमेरिकी डलर/४.७ बिलियन युआन) सहायता उपलब्ध गराउने भएको छ।

राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला र परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग अलगअलग भेटी बुधबारै चिनियाँ विदेशमन्त्रीले यसबारे जानकारी गराएका हुन्।

जापानले नेपालको पुनर्निर्माणका लागि २५ अर्ब ४५ करोड रुपैयाँ (दुई सय ५० मिलियन अमेरिकी डलर) सहयोग उपलब्ध गराउने प्रतिबद्धता सम्मेलनका क्रममा गर्ने भएको छ। छिमेकी भारतका तर्फबाट पनि चीनकै हाराहारीको सहयोग रकम घोषणा हुने सरकारी स्रोतले जानकारी दियो।

चिनियाँ विदेशमन्त्री वाङ यीले बिहीबार हुने अन्तर्राष्ट्रिय पुनर्निर्माण सम्मेलनमा नेपालका लागि उक्त सहायता घोषणा गर्ने भएका हुन्।

चीनका तर्फबाट नेपाललाई दिइने यो नै हालसम्मको उच्च सहयोग हुनेछ। यसअघि राष्ट्रपति डा. यादवको चैतमा सम्पन्न चीन भ्रमणका क्रममा १४ अर्ब रुपैयाँको सहायता चीनले नेपाललाई दिने घोषणा गरेको समाचार अन्नपूर्णपोष्टमा छ।





Comments

comments

Leave a Reply

6220