सलमान खानलाई ५ वर्षकाे जेल सजाय

मुम्बई– अदालतले बलिउड अभिनेता सलमान खानलाई ‘हिन एण्ड रन’ मुद्दामा दाेषी ठहर गर्दै ५ वर्षकाे जेल सजाय सुनाएकाे छ।

अदालतले बुधबार उनलार्इ दोषी ठहर गरेलगत्तै प्रहरीले पक्राउ गरी हिरासतमा लिएकाे थियाे। अब उनलार्इ जेल चलान गरिने प्रहरी अधिकारीले बताएका छन्। अदालतले उनलार्इ दाेषी ठहर गरेकाे केही समयपछि मात्र जेल सजाय सुनाएकाे हाे। मुम्बइ सत्र अदालतका अतिरिक्त सत्र न्यायाधीश डीडब्लू देशपाण्डेले सलमान खान दोषी देखिएको बताए।

सजाय सुनेर सलमान राेएका थिए। अदालतमा उनकी अामा फैसला सुनेर बेहाेश भएकी थिइन्। भार्इ साेहेल खान र उनकी बहीनी पनि राेएका थिए।

यस मुद्दामा बहस गरिरहेका सरकारी वकिले १० वर्षको सजाय माग गरेका थिए। तर, सलमानका वकिलले भने सलमानले ६ सय बच्चाको मुटुको अप्रेसन गराएर बचाएको भन्दै उनलाई कैद सजाय नहुनु पर्ने माग गरेका थिए। अदालतले रक्सीको नशामा सलमानले गाडी चलाएको पीडित पक्षको आरोपलाई सही मानेर दोषी ठहर गरेको समाचार नागरिक दैनिकमा छ।

सन् २००२ सेप्टेम्बर २८ को राती रक्सीको नशामा टोयोटा ल्याण्ड क्रुजर चलाउँदा बान्द्रा उपनगरको सडक पेटीमा सुतेका व्यक्ति मध्ये उनको गाडिले किचेर एक व्यक्तिको मृत्यु भएको र अन्य ४ व्यक्ति घाइते भएको पीडित पक्षको आरोप थियो। तर, सलमानले भने उक्त रात आफूले नशा सेवन नगरेको र गाडीमा बसेको भए पनि उनको ड्राइभरले गाडि चलाएको बयान अदालत समक्ष दिँदै आएका थिए।

अदालतको फैसला सुन्न अदालतमा बुधबार बिहानैदेखि मिडियाको भीड लागेको थियो। प्रहरीले सुरक्षा सतर्कता बढाएको थियो।

भारतको श्रीनगरमा फिल्म बजरङगी भाईको शुटिङमा रहेका सलमान मंगलबार साँझ मुम्बर्इ आएका थिए। मुम्बईमा गएराती सलमान आफ्ना परिवारका साथै रहेका थिए। अर्का बलिउड सुपस्टार शाहरुख खान पनि गएराती सलमानको घर गएका थिए र धेरै समय त्यहाँ विताएका थिए। डेविड धवन, साजिद नाडिवाला र बाबा सिद्दीकी पनि सलमानलाई भेट्न गएका थिए।





Comments

comments

Leave a Reply

6330