जासुसी परेवा पाकिस्तानबाट भारत आएपछि…

एजेन्सी- भारतको पञ्जावमा पाकिस्तानबाट पठाइएको जासुसी परेवालाई त्यहाँको प्रहरीले समाएपछि सुरक्षा एजेन्सी चकित भएका छन्। पञ्जावको सिमावर्ती गाउँ मनवालमा पाकिस्ताबाट आएको एक परेवालाई प्रहरीले समाएको हो।


फोटो: एजेन्सी

प्रहरीले पक्रेको परेवाको एउटा पखेँटामा एउटा मोबाइल नम्बर र उर्दु भाषामा सन्देश लेखिएको छ। परेवाको पखेंटामा सन्देश पाइएपछि त्यहाँस्थित प्रहरी र सुरक्षा एजेन्सी चकित भएका छन्।

यो मामिलाको त्यहाँस्थित प्रहरीले अनुसन्धान थालिएको जनाएको छ ।समाचार अनुसार यो सन्देशको अर्थ र मोबाइल नम्बरबारे खोजी भइरहेको छ। पञ्जावको सिमावर्ती गाउँ मनवालस्थित रमेश कुमार नाम गरेका व्यक्तिको घरमा यो परेवा अचानक आएको थियो।

रमेशले जब परेवाको पखेंटामा केही लेखिएको देखेपछि तत्काल पक्रेर प्रहरीलार्इ खबर गरेका थिए। परेवाको पखेंटँमा पाकिस्तानको नारोवाल जिल्लाको शंकरगढ जिल्लाबाट छोडिएको तथ्य भेटिएको छ।

पुलिस र सुरक्षा एजेन्सीले यो परेवालार्इ जासुसीका लागि या तस्करीका लागि पठाइएको बारेमा अनुसन्धान अघि बढाएको समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ। अर्कातिर यो परेवालाई बाजीका सौखिनहरुले प्रयोग गर्ने क्रममा बाटो बिराएर भारतमा पसेको हुनसक्ने पनि अनुमान गरेका छन्।

यो परेवालाई पाकिस्तानी सुरक्षा एजेन्सीले भारतीय सुरक्षाकर्मीको ध्यान भड्काउनका लागि पठाएको अर्को अनुमान पनि गरिएको छ। पञ्जाव प्रहरीले यो जासुसी परेवाबारे अझै विस्तृत जानकारी दिइनसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।





Comments

comments

Leave a Reply

6747