एसएलसीको नतिजा सार्वजनिक, ४७.४३ प्रतिशत उत्तीर्ण (नतिजासहित)

काठमाडौं – यसवर्षको एसएलसीमा ४७.४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। २०७१ चैतमा भएको परिक्षामा ५ लाख ७१ हजार सहभागी थिए ।

यस वर्ष एसएलसीमा ५ लाख ७४ हजार ६ सय ८५ मध्ये नियमिततर्फ ४ लाख ५ हजार ५ सय ३८ र आंशिकतर्फ १ लाख ३६ हजार ५१ जना सहभागी थिए। प्राविधिकतर्फ ३ हजार ३ सय ८८ विद्यार्थी सहभागी थिए।

एसएलसीको नतिजा हेर्न नेपाल टेलिकमको १६०० डायल गरी सम्बन्धीत परीक्षार्थीले आफ्नो सिम्बल नम्बर थिच्नुपर्ने छ। यस्तै, नेपाल टेलिकम र एनसेल मोबाइलमा SLC सिम्बल नम्बर टाइफ गरी ५२२५ मा एसएमएस पठाएर एसएलसीको नतिजा थाहा पाउन सकिन्छ।

REGULAR-RESULT SLC-2071
EXEMPTED-RESULT SLC-2071

एसएलसी नतिजा तलको वेब साइटबाट प्राप्त सकिने छः
शिक्षा मन्त्रालयको वेबसाइट www.moe.gov.np
शिक्षा विभागको वेबसाइट www.doe.gov.np
परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट www.soce.gov.np
नेपाल टेलिकमको वेबसाइट www.slc.ntc.net.np





Comments

comments

Leave a Reply

7054