यसरी घेराबन्दीमा पारेर प्रहरीहरुको हत्या गरियो

कैलाली, थरुहट तथा मधेसी दलका हजारौं कार्यकर्ताहरुले प्रहरीलाई घेराबन्दीमा पारेर एसएसपीसहित सात प्रहरीको हत्या गरेका छन्। यसअघि, २१ जना प्रहरीको हत्या भएको समाचार आएपनि बेपत्ता भएका प्रहरी राति अबेर सम्पर्कमा आएका छन्। त्यस्तै, घरमा बसिरहेका दुई वर्षीय बालक टेकबहादुर साउदको गोलीको छर्रा लागेर मृत्यु भएको छ।


ज्यान गुमाएका प्रहरीहरुको शव

ज्यान गुमाउनेहरुमा सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपाने, इन्स्पेक्टरद्वय बलराम विष्ट र केशवराज बोहरा, जवानहरू लोकेन्द्र चन्द र लक्ष्मण खड्का, सशस्त्र प्रहरीका हवल्दारहरू रामबिहारी ठाकुर र ललित साउद छन्। घटनामा २० प्रहरी, २१ सशस्त्र प्रहरी घाइते भएका छन्।


प्रदर्शनकारीको भाला आक्रमणमा मारिएका एसएसपी लक्ष्मण न्यौपाने

स्थानीय प्रशासनले ४ दिनदेखि लगाउँदै आएको निषेधाज्ञा तोड्दै मुनुवा गाविस-६ सिलम चौराहमा सयौं संख्यामा छुरा, भाला र बन्चरो लिएर आएका थरुहट र मधेसी दलका कार्यकर्ताले प्रहरीमाथि आक्रमण गर्दा यतिका ठूलो संख्यामा मानवीय क्षति भएको हो।


घाइते प्रहरीहरु

प्रदर्शनकारीहरुले शान्ति सुरक्षामा खटिएका प्रहरीहरुलाई घेराबन्दी गरेर भालाले रोपेर, बञ्चरो तथा घरेलु हतियारले हानेर निर्ममतापूर्वक हत्या गरेका थिए। भिडलाई सम्झाउंन गएका एसएसपी न्यौपानेमाथि एक्कासी भाला रोपेको जनाएको छ। केही प्रहरीलाई जिउँदै जलाएर हत्या गरेको गृहमन्त्री बामदेव गौतमले संसदमा जानकारी गराएका छन्।

थारु बाहुल्य क्षेत्रलाई थरुहट राज्यको घोषणा गर्न माग गर्दैै भएको थरुहटले आन्दोलनले यतिका ठूलो मानवीय क्षति निम्त्याएको हो।

भिडियोः यसरी घेराबन्दीमा पारेर प्रहरीहरुको हत्या गरियोः गृहमन्त्रीद्वारा संसदमा जानकारी





Comments

comments

Leave a Reply

8192