बेलायतको वाट्फोर्डमा यसरी मनाइयो दशैं

विष्णु पन्त / एचकेनेपाल डट कम –
लन्डन। ‘वाट्फोर्ड नेप्लिज कम्युनिटी’को आयोजनामा बेलायतको वाट्फोर्ड शहरमा दशैंको शुभकामना आदानप्रदान कार्यक्रमको सम्पन्न भएको छ।

स्थानीय कलाकारहरुका नेपाली गीत र नृत्यसहितको आयोजित दशैं कार्यक्रममा नेपालीहरुको बाक्लो उपस्थिति थियो। नेपाली पहिरन लगाएर आएका सहभागीहरुले वर्ष दिनमा एकपटक आउने नेपालीहरुको चाड दशैं हर्षोल्लाससाथ मनाए।

कार्यक्रमका प्रमुख अतिथि नेपालबाट आएका समाजसेवी भूमिजंग केसीले विदेशमा नेपालीहरुले सामूहिकरुपमा दशैंको कार्यक्रम मनाएको देख्दा आफूलाई खुशी लागेको बताउँदै विदेशमा नेपालीहरुको एकता मजबुत होस् भन्ने शुभकामना व्यक्त गरे।

संस्थाका महासचिव विष्णु पन्तले हरेक वर्ष आयोजना गरिने दशैं, नयाँ वर्ष, तीज जस्ता कार्यक्रमले हाम्रा नयाँ पुस्तालाई नेपाली संस्कृति चिनाउन मद्दत पुर्याएको बताए। यस्ता कार्यक्रमले नेपालीहरुलाई एकताको सुत्रमा बाँध्ने धारणा पन्तको थियो।

संस्थाका अध्यक्ष मुकुन्द गुरुङले हामी जुनसुकै जातजाति र सम्प्रदायको भए पनि यो नेपालीहरुको चाड हो, गुरुङले भने दशैंको यो कार्यक्रमले विदेशमा रहेका हामी नेपालीहरुलाई भावनात्मकरुपमा जोड्ने कार्य गरेको छ।

संस्थाका उपाध्यक्ष अमर गुरुङले संचालन गरेको उक्त कार्यक्रममा संजय पन्त, कृष्ण तिवारी, सागर शिलवाल लगायतका वक्ताहरुले आआफ्ना विचार गरेका थिए।

कार्यक्रममा नेपाली मिष्ठान्न भोजन पश्चात सामूहिक नेपाली नृत्य ‘डान्स पार्टी’ राति अबेरसम्म चलेको थियो।

थप तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्





Comments

comments

Leave a Reply

9157