ब्रिटिश साम्राज्यसँग नझुक्ने नेपाली भारतीय नाकाबन्दीसामु कहिल्यै झुक्दैनः एमाले नेता किरण गुरुङ

एचकेनेपाल डट कम संवाददाता –
नेदरल्याण्ड्स, प्रवासी नेपाली मंच, नेदरल्याण्ड्सले शनिबार आम्स्टर्डममा नेकपा एमाले स्थायी कमिटी सदस्य किरण गुरुङको प्रमुख आतिथ्यमा बृहद अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ। साथै एक महिना लामो युरोप भ्रमण तथा राजनैतिक भेटघाट्मा रहनु भएका अतिथि किरण गुरुङलाई यस मंचले खादा ओढाइ हार्दिक स्वागत तथा अभिनन्दन समेत गरेको थियो।

नयाँ नेपालको संबिधान निर्माण र जारी पश्चात नेपालमा उत्पन्न राष्ट्रिय समस्या , मधेश आन्दोलन तथा भारतीय नाकाबन्दीलगायत नेपालीले भोग्नु परेका समस्याका बारेमा सरकार तथा नेकपा एमालेको भूमिका बिषयमा अतिथि गुरुङसँगको भेटघाट तथा अन्तर्कृया मार्फत यहाँस्थित नेपालीहरुले जान्न पाउनुलाई प्रवासी मंच नेदरल्याण्ड्सले एक सुखद अवसरको रुपमा लिदै आभार ब्यक्त गरेको छ।

महा भुकम्पले आक्रान्त नेपालीहरुलाई पुन: भारतीय नाकाबन्दीले एक सुत्रमा बांध्ने अवसर मिलेको र नेपालीहरुलाई आत्म निर्भर हुने बैकल्पिक उर्जा मिलेको भन्दै ब्रिटिश साम्राज्यसँग पनि नहारेका नेपालीहरु भारतीय नाकाबन्दी सामु कहिल्यै नझुक्ने र अन्तिम अवस्थासम्म लड्ने शक्ति नेपालीसँग रहेको गुरुङले प्रस्ट पार्नु भएको थियो।

उहाँले भारतीय नाकाबन्दीका विरुद्ध प्रवासबाट पनि सबै जुटेर लाग्न जरुरी रहेको बताउनुभयो। हाल जारी मधेश आन्दोलन मधेशी हकहितका निम्ति नभै केही मुठ्ठीभर मधेशी नेताहरु निहित स्वार्थका निम्ति भएकाले यसबाट निकास पाउन नेकपा एमाले तथा सरकारले आवश्यक पहल गरिरहेको र अब छिट्टै पुरा हुने पनि उहाँले प्रष्ट पार्नु भयो। साथै यसका निम्ति नेपाली जनताको राष्ट्रिय एकताको खांचो रहेको र यसलाई नेपाली जनताले स्वस्फुर्त रुपमा साथ दिएको कुरामा दुई मत नभएको कुराको उंहाले प्रकाश पार्नु भएको थियो।

मंचका महासचिव हेम कुमार भुजेलका अनुसार कार्यक्रम प्रवासी नेपाली मंच नेदरल्याण्ड्सका अध्यक्ष टिकाराम सापकोटाको अध्यक्षतामा संचालन भएको थियो भने गैरआवासीय नेपाली संघका केन्द्रिय सचिव अर्जुन कुमार श्रेष्ठ, गैरआवासीय नेपाली संघ, नेदरल्याण्डका कार्यवाहक अध्यक्ष केशवराज पाण्डे, प्रवासी नेपाली मञ्च बेल्जियमका अध्यक्ष अर्जुन कुमार गुरुङको पनि कार्यक्रममा उपस्थिती रहेको थियो। उक्त अवसरमा लामो समयदेखि नेदरल्याण्डमा बसोबास गर्दै आउनु भएका सफल व्यवसायी तथा समाजसेवी खेम सापकोटालाई प्रमुख अतिथी तथा नेकपा एमालेका स्थायी कमिटि सदस्य क. किरण गुरुङले रातो टिकासहित खादा ओढाई नेकपा एमालेमा प्रवेश गराउनु भएको थियो।





Comments

comments

Leave a Reply

9604