मोर्चाका नेतालाई भारतीयले कुटेर लखेटेपछि

वीरगन्ज–रक्सौल नाकामा अवरोध गर्न शनिबार दिउँसो मितेरी पुलमा पुगेका मधेसी दलका नेता र कार्यकर्तालाई भारतीय व्यापारी र स्थानीय वासिन्दाले लखेटेका छन्।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शुक्रबार दिउँसोदेखि खुलेको नाका शनिबार फेरि अवरुद्ध पार्ने निर्णय गरेको थियो।

मोर्चाको निर्णयअनुसार नाका अवरुद्ध पार्न तमलोपाका महामन्त्री जितेन्द्र सोनल र संंघीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदीप यादवको नेतृत्वमा गएका मोर्चाका करिब दुई दर्जन कार्यकर्तालाई भारतीय व्यापारी र स्थानीयले कुटेर लखेटेका हुन्।

नाका अवरुद्ध पार्न गएका मोर्चाका कार्यकर्ता र भारतीयबीच झडप पनि भएको थियो । झडपका क्रममा मोर्चाका तीन कार्यकर्ता घाइते भएका छन् । वीरगन्ज मुर्लीका मीरु मन्सुरीसहित तीनजना घाइते भएका हुन् । मन्सुरीको टाउको फुटेको छ। उनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गरिएको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ।





Comments

comments

Leave a Reply

10938