नेपालकी छोरी सञ्जिता राष्ट्रपति ओबामाको सल्लाहकार

विजय थापा / एचकेनेपाल डट कम –
वाशिंगटन डिसी, एसिया प्यासिफिक आइसल्याण्डरको तर्फबाट राष्ट्रपति बराक ओवामाको सल्लाहकार समितिको सदस्यमा नियुक्ति भएकी नेपाली मुलकी नेपालकी छोरी सञ्जिता प्रधानले प्रथम पटक अन्तर्वार्ता दिदै आफूले प्रारम्भिक स्तरबाट नै काम गर्दै यहाँसम्म पुगेको बताएकी छन्।

कडा मेहनत, परिश्रमको साथै काममा दत्तचित्त भै काम गर्ने भएकोले राष्ट्रपति बराक ओवामाको सल्लाहकार समितिको सदस्यमा नियुक्त हुन पाएकोमा आफूलाई हर्ष लागेको बताइन्।

“अमेरिका यस्तो देश हो जहाँ मेहनत गरे जो पनि जहाँ पनि पुग्न सकिने रहेछ ” भन्दै आफू यो पदमा पुगेकोमा सबै नेपालीलाई गर्व हुनु स्वाभाविक हो उनले भनिन्।

राष्ट्रपति ओवामाले सल्लाहकार समितिमा १९ जनालाई नियुक्त गर्नु भएको छ र त्यो १९ जनामा आफू पनि परेको हु उनले भनिन्। नियुक्त भएका सबै जना कोही स्वास्थ्य तथा ब्यापार क्षेत्रका बिज्ञ छन् भने कोही लामो समयदेखि समाज सेवामा समर्पित रहेका समाज सेवी पनि छन्।

आफू धेरै बर्षसम्म भुटानी पुनर्स्थापनमा काम गरेको र यस्को बिज्ञको त्यो समितिमा आफू सबै भन्दा कनिष्ठ भएकोले आफूलाई यसमा उहाँहरुले नियुक्त गर्नु भएको हो उनले भनिन्।

उनले कुराकानीको शिलशिला आफू सहि समयमा सहि आवाज उठाउनु पर्छ भन्ने सिद्धान्त बोकेर हिड्ने महिला भएको बताइन्। उनले गरिव दुखि, ओझेलमा परेका र सतहभित्र लुकेर बसेको समुदायको पक्षमा वकालत गर्दै आई रहेको बताइन्।

आवाज उठाउन नसक्ने समुदायप्रति वकालत गर्न नडराउने ,अन्याय सहन नसक्ने र आवाजलाई बुलन्द पार्ने काममा तल्लिन छु। हामी एसियनहरुमा सबै भन्दा ज्यादा भाषाको पनि समस्या जस्तो देखिएको मैले अनुभूति गरेको छु र सबैले यो महसुस गरेका छन् भन्ने लागेको छ।

भाषा आएन भने हाम्रो आवश्यकताको पहिचान गर्न गार्हो हुन्छ भन्दै आफूले यिनै क्षेत्रमा समस्याको पहिचान गर्दै ठाउँमा बहस गरेको बताइन्। यस्ता धेरै कुराको प्रेरणाको श्रोत आफ्ना पिताबाट प्राप्त गरेको हु, प्रधानले भनिन्।

आफ्नो नियुक्त बारेमा नेपाली समुदायमा अझ पनि केही भ्रम जस्तो लागेकोले आफूले प्रथम पटक दिएको अन्तर्वार्तामा प्रष्ट राख्न चाहेको बताउदै आफ्नो नियुक्ति भनेको एक प्रकारको अवैतनिक जस्तै हो र स्वयंसेवक रुपमा काम गर्नु पर्ने बताइन्।

आफ्नो परिवारको समर्थन र सहयोग नभएको भए यहाँसम्म पुग्ने थिइन् भन्दै परिवारप्रति आभार प्रकट संचार माध्यमबाट दिन चाहन्छु भनिन्।

एसियनहरुको समस्या के हो ? त्यसमा म सहयोग गर्न सक्छु। म अहम भूमिका निर्वाह गर्न सक्छु। कुराहरु राख्न सक्छु। तर धेरैले पत्राचार गर्दै मेरो नियुक्तिको प्रवृति नबुझेर सवाल ,सल्लाह ,सुझाब र प्रश्नहरु प्राप्त गरि रहेको जानकारी गराईन्।

कुराकानीको क्रममा आफू यहाँसम्म पुग्छु भन्ने नलागेको र आफू नै अचम्भित भएको उनले बताइन्। आफु मानव अधिकारको लागि काम गरि रहेको बताउदै उनले भनिन् जुन काम विवादरहित हुन्छ आफ्नो कामको ब्याख्या गर्दै मेरो काम भनेको तटस्थ हुनु पर्छ।

जुन पदमा मलाई नियुक्त गरिएको छ,त्यो आयोगको बैठक सुरु भै सकेको उनले बताईन्। आफु सहभागी हुदा नौलो नलागेको बताउदै आफुले राज्य स्तरमा यसरि नै काम गर्ने गरेको बताईन। आयोवा राज्यमा स्थानीय स्तरमा आयोगमा उनीहरुसंगै काम गरेको छु उनले भनिन्।

एसिया प्यासिफिक आइसल्याण्डरको लागि मेरो नियुक्ति भएको हो। मेरो काम अमेरिकामा भएका सबै एसियन समुदायसंग काम गर्ने हो,, उनलेे भनिन्। आफुले नियम अनुगमन गर्नेमा ध्यान पुर्याउनु पर्ने हुन्छ भन्दै नयाँ नियुक्तिको काममा सहज र सरल रुपमा जिम्मेबार निभाई रहेको बताईन्। यसको साथै अमेरिका भरि रहेका नेपाली समुदायका मुद्धा, टेमपोररी प्रोटेकटेड स्टाटस (अस्थायी सुरक्षित हैसियत )स्वास्थ्य, बिदेशी सम्पति परिवहन आदि ईत्यादी बिषय तथा समस्यामा म नेपाली समुदायसंग काम गर्न चाहेको बताइन्।

आफु काम नै गरेर माथि पुगेको संस्मरण गराउदै आफूले अमेरिकामा बस्ने नेपालीहरुको खाका(प्रोफ़ाएल)लेख्ने प्रयास गरि रहेको जानकारी गराईन्। अन्तरवार्ताकै क्रममा ज्यादा प्रचार तथा प्रसारमा रुचि नराख्ने संजिता प्रधानले आफ्नो पुर्खौली घर कोशी अञ्चल, जिल्ला संखुवासभा चैनपुर घर भएको बताइन्। उनले सुनसरी जिल्लाको धरानको बिजयपुर उच्च माध्यमिक बिद्यालयमा अध्ययन गरेकी हुन्।

भारतको इण्डिया इन्टिच्युट अफ टेक्नोलोजीकी बिद्यार्थी प्रधान अमेरिका पुगेपछि सामाजिक काम तथा शरणार्थी ब्यवस्थापनमा सक्रिय रहँदै आएकी छिन्। उनी नेपाली समुदायको इतिहासमा राष्ट्रपतिद्वारा सल्लाहकार समितिको सदस्यमा नियुक्त हुने पहिलो नेपालीमुलकी बनेकी छिन्।





Comments

comments

Leave a Reply

6714