Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बेलायतमा किराँतीहरुको साकेला उभौली भव्य सम्पन्न

रोशन मेवाहाङ-
लण्डन जेठ ११, २०७३ । बेलायतको वकिङ शहर नजिकै किराँत राईहरुको आफ्नै
भूमी ग्याम्बलस लेन, रिप्लेस्थित माङखिम तथा साकेला स्थल (किराँत राई घर)
मा उँभौली यालेदोङ ५०७६ (२०७३) साकेला पर्व भव्य रुपमा सम्पन्न भएको छ ।
बेलायतमा हरेक बर्ष साकेला पर्व तथा उँभौली सिली प्रतीयोगीता
प्रतिस्पर्धाका साथ धुमधाम संग मनाउने चलन चलि आएको छ ।

गत बर्ष राष्ट्रमा विनासकारी महाभुकम्पले विचलित बनाएको कारण किराँत राईहरु भुमी
पुत्र अनी प्राकृतिक पुजक भएको हुंदा
साकेलाको पुजा र देशमा फेरी फेरी संकटकाल नदोहोरीन भनी नाछोङ (किराँती
धामी) वाट शिली भुमे पुजा मात्र विधी पुर्वक सम्पन्न गरी अन्त्यमा
आर्थिक राहत संकलनको कार्य दिनभर गरेका थिए । गत साल पुजा आराधनामा
मात्र सिमीत रहेको उँभौली
साकेला चाडमा किराँत राई यायोक्खा बेलायतले करिब ३५ लाख नेपाली रुपैयाँ
संकलन गरेका थिए ।
किराँती धामी (नाछोङ) किताबसेर राईले टाउकोमा सेतो फेटा लगाई
सुम्निमा–पारुहाङ्गको तस्विर, ढोल र झ्याम्टा सहित सेउलीको थानमा उभौली
भूमीपुजा गरी थान वरिपरी नाचेर विधी अनुरुप कार्यक्रमको सुरुवात गरिएको
थियो । किराँत राई यायोक्खा
बेलायतको अध्यक्ष पदमबहादुर राईको सभापतित्वमा सम्पन्न कार्यक्रमको
प्रमुख अतिथि गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष मुछेत्र गुरुङ,
किराँत राई यायोक्खा नेपालका केन्द्रीय सदस्य राकेश राई, जनजाति महासंघ
बेलायतका अध्यक्ष तुल छन्त्याल,
याक्खा छुम्मा बेलायतका उपाध्यक्ष धन रघु , गायिका सरला राई, बेलायतका
चर्चित फोटो पत्रकार पवन राई (रसुट) साथै अन्य बेलायतमा क्रियाशील
संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।
“सिमली सेउली गाडेर देवि र देउता भाकेर
पुर्खाको रीति साकेला मनाऔ सिली नाचेर
सोईसोइला हो सोईसोइला ।।
बैशाख महिनामा, बसन्त ऋतुको आगमन
बन जंगलमा, चराचुरुङ्गीहरुका थरिथरिका भाका
पूर्णिमा देखि औसी सम्म साकेला” ।।।

यस्ता भाकाका गीतहरु यो महिना विशेष गरेर स्वदेश तथा विदेशी किराँती गाँउ
बस्तिहरुमा कान कानमा गुज्यामान भईरहेको सुनिन्छ । साकेला पर्व राईहरुको
महान चाड हो । यो बर्षमा दुई पटक उँभौली (बैशाखे पूर्णिमा) र उँधौली (
मङ्सिरे पूर्णिमा ) मा
धुमधामले मनाईन्छ । साकेला नाँच राजधानी काठमान्डौ लगायत नेपालको
पूर्वी जिल्लाहरु विशेष गरेर ईलाम, झापा, मोरङ कानेपोखरी, सुनसरी,
भोजपुर, खोटाङ, सोलुखुम्बु, उदयपुर, धनकुटा र संखुवासभा आदि जिल्लाहरुमा
बसोबास गर्ने किराँती बस्तीहरुमा
बढी मात्रामा प्रचलित र लोकप्रिय रहेको पाईन्छ । त्यसैगरि अन्तरराष्ट्रिय
रुपमा किराँती बस्तीहरु भएका देशहरु भारत,
सीक्किम,दार्जिलिङ,अमेरिका,बेलायत, हङ्गकङ्ग,जापान,कोरिया मलेशिया,
कतार,अस्ट्रेलिया र ब्रुनाईमा समेत आजकाल भव्यरुपमा साकेला पर्व
मनाउने प्रचलन भेटिन्छ ।
वसन्त ऋतुको आगमन सगै यस धर्तीमा बोटविरुवाहरुले पालुवा फेर्न शुरुवात
गर्छन् । बन–जंङ्गलमा चराचुरुङ्गीहरुले आ-आफ्नो भाका फेर्न थाल्छन । नयाँ
बर्षको आगमन सगै वैशाखे पूर्णिमा देखि औसीसम्म किराँती गाउँघरका
बूढापाकाहरु साथै केटाकेटीहरु ढोल
झयाम्टा निकालेर झन्डै १५ दिन सम्म मनाइने यो किराँतीहरुको पर्व खासै
रुपमा भन्ने हो भने खेतीपाती लगाउने समय भएकोले अन्नवाली वा उव्जनी बढोस,
आधीवेरी, असिना नपरीदियोस,अन्नबालीमा रोग नलागोस भनि सुम्निमा र
पारुहाङ्ग सग बल र शक्तीको
आर्शीवाद माग्दै कुखुराको भाले बलिदिएर भूमी पुज्ने चलन चलिआएको पाईन्छ
। बालबालीका,बृद्ध सबै आपसमा गोलो घेरा लगाएर बिभिन्न
जनावर,चराचुरुङ्गीहरुको नक्कल गदै साकेलानाच शिली नाच्ने गरिन्छ । विशेष
चउरीको पुच्छर (पोमी) र र्छिलिङ (सिलिमा)
नाचको मुल्की (सिलीमोपा) ले प्रयोग गर्दछ ।
नाँचमा सहभागी पुरुषहरुको पोशाक, खाडीको दौरा सुरुवाल, कोट र ढाका टोपी
लगाई, विनायो,र्मुचुङगा, लिम्चिङबुङ, मयूर र लुईचेको प्वाख लगाउने प्रचलन
छ भने महिलाले छिटको गुन्यु, ढाकाको पछ्यौरी,मखमल वा ढाकाको चोलो र सेतो
पटुकी लगाई ढुङग्री,मुन्द्री, बुलाकी,हारी,
सिक्काको माला जस्ता गरगहना लगाउने चलन छ ।
साकेला उँभौली बाली लगाउने बेलामा बैशाख पूर्णिमाको दिन र उँधौली बाली
उठाउने बेला मंङ्सिर पूर्णिमाको छेकमा मनाउने गरिन्छ । किराँतहरुको
मुन्धुम अनुसार १ बर्षलाई दुई भागमा बाडिन्छ (उँभौली र उँधौली) यसैको
रुपमा यो चाड मनाउने परम्परा चलिआएको पाईन्छ ।
उँभौली र उँधौली किराँत समुदायको मुख्य चाड हो । याक्खाले चासुवा,
सुनुवारले फोलफ्यादर, लिम्बुले चासोक तङनाम र राईहरुले उँभौलीलाई साकेला
र उधौलीलाई छौवा भन्ने गरिन्छ ।
यसै सन्दर्भमा अभिभावक र बुद्धीजिवीहरु भन्छन् प्रवाशमा रहेपनि आफ्नो
धर्म, संस्कृती, संस्कार, परम्परा र चाडलाई मनाउदै हाम्रा भावि
सन्ततिहरुलाई सिकाउँदै लैजानु पर्दछ ।स्वदेशबाट टाढाको बस्ति विरानो
देशमा रहेपनि आफ्नो संस्कार , संस्कृती र पहिचानलाई जीवित राख्नका
निमित्त पनि साकेला पर्व मनाउदै आएको बताउछन ।
करीब ६ करोड नेपाली रुपैयाको लागतमा १४७ रोपनी रहेको आफनै भूमी माङखिम
तथा साकेला स्थलमा ईतिहाँसमै पहिलो पटक साकेला सम्पन्न गरिएको साथै
माङखिम मुलघर, (पूजाघर) निर्माण कार्य गत बर्षबाट सुरुवात गरिएको हो ।
बेलायत निवासी हजारौं किराँत राई तथा अन्य नेपाली
समुदायको उपस्थिति रहेको साकेलामा क्रियाशील १० प्राम्भिक कार्यसमितिले
फरक फरक प्रतियोगितात्मक साकेला सिली प्रदर्शन गरेका थिए ।
प्रतिस्पर्धीहरु मध्ये प्रथम स्थान आश्फोर्ड केन्ट, द्वितीय रसमोर र
क्यान्टवरी प्राम्भिक समिति तृतीय स्थानमा बिजयी भएका थिए । कार्यक्रममा
किराँत राई कलाकार संघ बेलायतको आयोजनामा सम्पन्न हुने सांगीतिक
कार्यक्रमको यात्रामा बेलायतमा रहेकी लोकप्रिय गायिका सरला राईको भर्खरै
सार्वजनिक गरिएको गीति एल्बम ‘मोह’ उक्त साकेलामा विमोचन गरिएको थियो ।





Comments

comments

Leave a Reply

12660